History of Newa/Newar. नेवा अथवा नेवारकाे इतिहास।

 History of Newa (Newar)


अनुवाद

अघिका किर्तिपुरका लदान्निमा/(लडाइँमा) सुर प्रताप शाह कनय काक्षी गरि दियाको रिसले नेपाल सम्बत ८९६ साल अकचत्र सुक्रन्त: तया ।।  ।। बारका दिन किर्तिपुर प्रबेश गरि ताहा/(त्यहाँ) लिन्यलाई /(लिएकोलाई) भोलिका दिनमा बार्ह १२ बर्ष देखि उभोका प्रजाहरु सबैले राजाका सलाम गर्नु आउनु भनी छलकाल गरि बोलाई कोतमा थुनी ---- दिनपछि सबै प्रजाहरुका नाष/(नाक) कातिदियो । र नाष (नाक) तोलाई हेर्दा बार्ह १२ धार्नी १ सेर ६ तोला ------- प्रजाहरु जम्मा आथसय /(आठसय) पयसथी(पइसाठी) ८६५ जना , फेरि इन/यिनिहरु ।। दिनपछी नाष (नाक) काटन्या भोन्याहरुलाई नाष (नाक) मात्र कात / (काट) भन्याका ओठ समेत कातिदियो भनी भोन्याहरु सबै जना जमलोक (यमलाेक) पर्थाइया (पठाइदियाे) = जुन किर्तिपुरका प्रजाहरुले साथ /सात 7 बर्ष सम्म गोर्खालीहरु क नहटाई लदान्नी (लडाइ) गरि थामी राख्या यी यस्ता वीर सिपाहिलाई , नाक काटी खराब गरिदिया ।। ।। किर्तिपुरका कोत किर्तिपुरका प्रजाहरुका घर सबै आगो लाई /(लगाई ) नास गरिदिया ।। ।। यस्ता किर्तिपुरका प्रजाहरुका नाक काट्नलाई ६ महिना अघि चोबाहाल कागरोसका नाक फुति आया ।। ।। इ राजाका पालामा राम कृश्न कवरले राजा बक्ताई पशुपति देखि गुज्यश्वरी सम्म सिलाका बाटो बनाई दिया । इ बाटो बनाउदा प्रजाहरु सबै धर्मकाम हो भनी खेताला आई खाजा नखाई ज्याला नलिइ भागि जा


नोट:- यो पुरानो लेख राज्य बिस्तारको क्रममा किर्तिपुरका बासिन्दा माथी पृथ्वीनारायण शाहबाट भएको ज्यादती हो ।

Comments