Kipot Renew . किपाेट रिन्यु
स्वस्ति श्री गिरिराज चक्रचुडामणी नरनारायणी त्यादी विविध विविध विरूधावली
विराजमान मानोभ्लन श्रीमन महाराजधिराज श्री श्री श्री महाराहर लखहाइ सस्विहाइ
सम्सेजेइन्देवा नाम सदा समर विजयिनाम
स्वस्ति
श्री सर्वोपमा योग्य श्री देवपती राय, श्री थामावुङ राय, श्री वहा नाम्सा राय,
श्री फेदुवा राय, श्री सभामुया राय, श्री
थेबेसिङ राय, श्री जसमुखी राय, श्री भिथिम राय, श्री साङ राय, श्री नाम्साहाङ राय,
श्री इगुम सेदी राय, श्री पोनवा राय, श्री आइदेवा राय, श्री फाराङ होङया राय,
श्री पङग राय, श्री खिमिदी राय, श्री
पानलुवा राय, के आशिख पुर्वक पत्रमिर्द याँहा कुशल त्यहाँ कुशल जहाँ कुशल चाहिए आगे
यहाँको समचार भलो छ ।
जहाँको निमिख गयाका थियो सेवकको गर्नु निमिख सबै छ गन्यौ ।आज हाम्रो पाव भनी आयौ त । तम्रौ पिछा लियौं । गौरव बरदास्ति गरौंला । हिजो तिमिहरूले पारी बसी लुटपिट गौव नछिन गयाको सभा माफ गरिबक्स्यौं ।
हाम्रा पिछा पन्पाप गौवध नगर्नु । पारी छदा गर्याका खत बापत तिमिहरूलाइ .....ले दराइ तम्बि गर्या अप्सरिया होला । निमिखको सोझो गरी टहलमा रूजु रहुँ ।
तिमी सुवा सुवाहरू थाक्तिर्ज मासित । खैजनी भेटाइ । हजुर आग्वन्तओ खायन पायन जस्को जस्को जस्तो जस्तोहरू जाँची बुझी ला जिमा माफिक बनाइ बक्सौंला ।
सर्बथा
चाँडो गरी आ बढी नगर उप्रान्त । तम्रो ज्या लुटपिट गर्याकोमा हामिले माफ गरी बक्याको
छ । जस्ले लुटपिट लियाको भागिले उ तिमिले माग्दामा नदिया अप्सरिया हुनाले र अर्थ
तिमिहरू चाँडो गरी आयापछी सबै कुराको बन्दबस्त करिब बक्तौंला । इति सम्बत् १८५३
साल जेठ सुदी २ रोज २ मुकाम् ।
अनुवादक – सुजन खेवा मादेन
ठेगाना – सिरिसे, छथर धनकुटा, याक्थुङ लाजे लिम्बुवान

Comments
Post a Comment