Lal Mohor Treaty between Limbuwan and Gorkha .... लाल माेहाेर बि, स,। १८३१


याे लाल माेहाेरमा लेखिएकाे कुरा यस्ताे छ ।
     
स्वस्ति श्री गिरिराज चक्रचुडामुी नरनरयेनी त्यादी विविध विरूज्दावली विराजमान ममन्त श्री म महाराज धिराज श्री श्री श्री महाराज्ये पथ्वीनाराय शाह बहादुर शमशेर जङ्ग देवानाम सदा समर बिजयिनाम

    स्वस्ति श्री आगे राजभारा सामर्थ्य श्री सुन राय, श्री कुम राय, श्री जङ्ग राय, अरू सबै गैह्र लिम्बु राय के पूर्ण मोहर पत्र यथोचित –

    उप्रान्त मिल मिलन्तम यहाँको लागी तहाँलाइ कुल चाहियो।  मेरो धर्म मन भलो छ । तिमिहरू हिजो पनी पिछा बक्सेको हौ। तिम्रा मुलुक हाम्रा प्रतापले तिमी तुतु तुम्याङ याकहाङ्ग सन्तान हौ। र त्यो मुलुक हाम्रो भएतापनी तिमिहरू हाम्रै छौ। तिम्रा जहानक पिछा हामिले लियौ। जजस्को जेजे तिम्रा खाइनपाइन र लुङ्वाङ गढ सिङवाङ गढ अशुद्दलाइ सब खतबात सभा शुद्द गरी खानामा हिजुको तिम्रा मुलुकभित्रको सबै थामिबक्स्यौ। तिमिहरू हाम्रा भारदारसँग सामेल रही मद्दत सघाइ हिजो आफै आफ आपुङ्गी बसी बसिअाए बमोजिम त्यो मुलुक सम्भार गरी जिमीभूमि रहिन्ज्येल तिम्रा शाखा सन्तानतक भोग्य गर । अरू नौ लाख के पटी तिमिहरू हैन । के अर्थले भने अरू राजा मासिने हुदाँ तिमिहरू राजा भने नमासिने हौ । यो तिमिहरूको निति हामिले जानेको छ । तर कुराको बिस्तार तिम्रा नाभिमा बसेकोले तिनले गर्या सुखिमको र हाम्रो घर नभएको हो । हाम्रो भलो मानिस र चौधरिले बोल कुरा गरी गयाको छ । उनैबाट कुराको बिस्तार बुझौला मिली तिमिहरू आप आपुङ्गी खाइनपाइन माथी लेखे बमोजिम जिमिभुमी जानि दलन गरी खानु । हामिले खोसिमासे मानिपुजि ल्याएको देवताले हाम्रो राजकाज भङ्ग गरोस भन्या तावापत्र बाचाको तसली मुलुकी लालमोहर बाधी माथी लेखिने लिम्बु कुल भाइलाइ दियौँ । इति सम्बत १८३१ साल मिती श्रावण सुदी २२ रोज २ बार मुकाम कान्तिपुर राजधानी शुभये शुभम – – – – – – – – – – – – – – –    


Comments