SUGUP/SUGUT :: सुगुप/सुगुत

याक्थुङ समुदायमा सुत्केरी महिला मरेपछी बन्ने आत्मालाई सुगुप भनिन्छ। सुगुप बिभिन्न कारणहरूबाट हुने गर्दछ। कहिलेकही बच्चा पैदा हुनु नसकेर महिलाको मुत्यु भएमा सुगुप हुन्छ भने कहिले बच्चा पैदा भैसकेको महिलाको मूत्यु भएमा सुगुप हुन्छ। सुत्केरी महिला रक्तस्राब बढी भएर मृत्यु भएमा पनी सुगुप बन्ने गर्छ । पहिला-पहिला गाउँघरमा यदाकदा महिला सुत्केरी गराउने ज्ञान नभएको कारण बच्चाको सालनाल सुकेरी महिलाको पेटबाट बाहिर झरि नसकिनै  शिशुको नाल काटी दिनाले सुकेरी महिलाको मृत्यु हुने गर्दथ्यो । र त्यो मृत महिला सुगुप बन्ने गर्दथ्यो । 

सुगुप बनेको लासलाई अन्त्येष्टि गर्दाखेरी बेग्लै अलग ठाउँमा जमिनमा खाल्डो खनेर पुर्ने गरिन्छ। लासलाई पुर्नु भन्दा अगाडी माङबा/याबाले लासलाइ मुक्तोले कान, हात, खुट्टामा मुन्धुम गर्दै ठोक्छन्। यस्तोको चेहिम (कपुरथान) बनाउदैनन्। सुगुप बनेकाे महिलाकाे नुनतेल छाक लामो समयसम्म बार्ने चलन छैन। लासलाई अन्त्येष्टि गरेको दिनमा नुनतेल छाक फुकुवा गर्ने र बेलुका नै माङबा/याबा राखेर सुगुपलाइ छेकथुन गर्ने चलन छ।

सुगुपलाइ राम्रोसँग बाटो लगाएर छेकथुन नगरेमा यसले घरमा साह्रै तर्साउने गर्छ। यसले मान्छेले काम गरे जस्तै काम घरमा गर्ने गर्छ। सुगुपले काम तथा अन्य क्रियाकलाप गर्दा आवाज मात्र सुनिन्छ देखिदैन। जिउदो हँदा जेजे काम घरमा गर्ने गर्थ्यो त्यही क्रियाकलाप सुगुपले गर्छ। यदी जन्मेको बच्चा पहिला मर्यो र त्यसको केहिदिनमा बच्चाको बियोग गर्दागर्दै सुत्केरी महिला मरेर सुगुप बनेको छ भने त्यो सुगुपले त्यही बियोग जनाउदै तर्साउने गर्दछ। सुगुपले तर्साउदा खेरी घाम डुब्नु लागेदेखी रातभर तर्साउछ।

सुगुपबाट छुटकारा पाउनुको लागि माङबा/याबा अथवा छत्तिसे फेदाङमा, साम्बा चाहिन्छ।  उनिहरूले मुन्धुमबाट सुगुपलाई छेकथुन गरेर घरपरिबारमा शान्ति कायम गरिदिन्छन्। 

यहाँ केही पेलिफाङसामकाे तस्बिर छ।




Comments