Tomsuk of 1872 B.S. :: तमसुक बि.स. १८७२ सालकाे


स्वस्ति श्री सरदार विरभइ कवर कस्य पत्रम

आगे बालसिं राइके तेह्र थरको बेबायोता मध्ये साभापटिका पटीका भेट  भेगभार सरसलामी गडंता हात्तिको दात खाग फरफिरयादी फरफरमाइ सदबारबार र लागी आयाको  रैरकम बाहिक राखी काछिसिर्तो सेर्मा घर गनी वा कवकइ उंडकुड मर्यो अपुताली अदालत समेत मारिमेटी इस्नक सम्वत १८७२ साल चैत्र सुद्दी ६ देखी लागाएत सम्बत १८७३ साल चैत्र सुदी ७ सम्म बर्ष एकको ज्यारूपैया चारसय एक ––––––––४०१ मा इजार ठिक बन्दी गरिदियुं उंडकुड मर्यो अपुतालिमा सय रूपैया सम्म इचाए दरले खाउ बढता भयाको आफ्ना हातबाट दाखिल गर्न ल्याउनु। आफ्ना बा तिर ज्यासग जिमिजग्गा आवाद मुलजार राखी रैती नपिराइ रैबन्दि दरबन्दी नबढाउनु अन्याय नगर्नु अन्याय गर्याका कुरा आफैले बुझाउनु बमोजिम तपसिलका किस्तबन्दिको रूपैया – – – कम्पनिमा हाम्रा मार्फत दाखिल गरी रसिद लिनु । साल आखिर दाखिल बाकी बुझाइ रसिद बमोजिम मौजराजी फारखती लिनु। किस्तबन्दी बमोजिमको रूपैयाँ नपुर्याया किस्ता खिलाफ   जाराभन्दा बढ्ता भयाको लिवल नगर – – – – – –

                किस्तबन्दिको तपसिल   

असामी ––––––––––– रूपैयाँ

मुहडाका रूपैयाँ –––––––––––––– ८१

श्रावण सुदी १५ किस्ताका रू ––––––– १००

आश्विन सुदी ३० किस्ताका रू –––––––– १२५

फागुणा सुदी किस्ताका रू ––––––––––– ९५

इति सम्बत् १८७२ साल मिती फागुण सुदी ३० रोज ४ शुभम्

                                              

अनुवादक .. याक्थुङ मादेन

 

Comments